
९ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार टिकाराम खड्काले मतान्तर बढाएका छन् ।
तुलसीपुरमा ४६ हजार २४४ मत गणना भइसक्दा खड्काले मतान्तर बढाएर १७५७ मतले कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पारेका छन् । खड्काले १९ हजार ६९९ मत ल्याएका छन् भने गिरिले १७ हजार ९४२ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी स्यानी चौधरीले सुरुवाती अग्रतालाई कामय गर्दै लगेकी छन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मदेवार जोगबहादुर रानालाई ५८०९ मतान्तरले पछाडि पारेकी छन् ।
स्यानीले १९ हजार ११५ मत प्राप्त गर्दा रानाले १३ हजार ३०६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4