+
+

बारागढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते ८:५६

९ जेठ, बारा । बाराको बारागढी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका अशोककुमार जयस्वाल विजयी भएका छन ।

जयस्वालले ५४२६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेको बृजकिशोर प्रसाद ३०४२ मत ल्याए ।

उपाध्यक्षमा पनि जसपाकै लक्ष्मी देवी राय ४३६६ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी कलावती देबी थरुनीले ३६२१ मत पाइन् । उपाध्यक्षमा निर्वाचितन लक्ष्मी यसअघि पनि उपाध्यक्ष थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?