
अध्यक्षमा निर्वाचित दिनेशकुमार यादव र उपाध्यक्ष पुष्पा श्रेष्ठ ।
९ जेठ, सप्तरी । रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्रका सरकारी संस्था, शिक्षण संस्था र स्वास्थ्य संस्थामासमेत बिदा दिइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ ।
प्रदेश २ मा निर्वाचनको मतपरिणाम सार्वजनिक भई निर्वाचित भएपछि विजय उत्सव मनाउन अन्य कुनै स्थानीय तहले सार्वजनिक बिदा दिएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4