+
+

उदयपुरमा चट्याङ लागेर ४५ वर्षीया महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १३:५२

९ जेठ, गाइगाट । उदयपुर, कटारी नगरपालिका-११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बागलुङ, ढोटपाटन नगरपालिका-७ गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँमा चट्याङ पर्दा बालचन्द्र विक लगायत ४ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

साथै अन्य घाइतेलाई थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?