+
+

सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १४:२५
फाइल तस्वीर

९ जेठ, पाल्पा। सुख्खा पहिरोले तानसेन बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेको हो । अहिले पाल्पादेखि वुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् ।

सडक पूर्णरुमा अवरुद्ध छ ।

सडक डिभिजन कार्यालयको दुईवटा जेसीबी परिचालन गरेर पहिरो पन्छाउने तयारी भएको प्रहरी चौकी प्रभासका प्रमुख भरत थापाले जानकारी दिए ।

सडक एकतर्फी खुलाउन पनि कम्तिमा दुईघण्टा लाग्ने उनको भनाई छ । सोही स्थानमा केही दिनअघि पनि सुख्खा पहिरो खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?