+

एन्फा अध्यक्षमा शेर्पाले दिए उम्मेदवारी

२०७९ जेठ  ९ गते १५:५४ २०७९ जेठ ९ गते १५:५४
एन्फा अध्यक्षमा शेर्पाले दिए उम्मेदवारी

९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । एन्फा निर्वाचन असार ६ गते हुँदैछ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्यानलसहित निर्वाचनमा होमिने घोषणा गरेका कर्मा समूहले अपराह्न एन्फा मुख्यालय पुगेर मनोनयन दर्ता गराएको हो । यसअघि पंकज विक्रम नेम्बाङले शुक्रबार असन्तुष्ट समूहको नेतृत्व गर्दै अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उनी प्यालन बनाउन गृहकार्यमा छन् ।

एन्फा निर्वाचनका लागि जेठ १२ गतेसम्म उम्मदवारी मनोनयन दर्ता समय तोकिएको छ ।

सोमबार कर्मा प्यानलबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १२ सदस्यसहित १८ जनाले मनमेनयन दर्ता गराएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली तथा चार उपाध्यक्षमा विज्ञानराज शर्मा, उपेन्द्र मान सिंह, दीर्घ बहादुर केसी र रत्न कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।

बाँकी १२ जनाले सदस्य पदकमा मनोनयन दर्ता गराएका छन् । सदस्यमा मनाेनयन दर्ता गराउनेहरूमा फ्रेण्ड्स क्लबका अध्यक्ष दिपक थापा, सिराहका प्रविन यादव, साँगा क्लबका रुपेश अधिकारी, लमजुङका लाेकेन्द्र गुरुङ, बाग्लुङका पूर्व अध्यक्ष राम राजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेश सिंह राठाेर, जुम्लाका भरत बुढ थापा, मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यन्जनकार,खुमलटार युथ क्लबका अध्यक्ष मणिराज विष्ट, टाेखा क्लबका मनिष जाेशीले मनाेनयन दर्ता गराए ।

एन्फा निर्वाचनबाट २१ जना नपर्वाचित हुनेछन्। कर्मा प्यानलबाट दुई महिला सदस्य र एक सदस्यको टुंगो लाग्न बाँकी छ ।

अखिल नेपाल फुटबल संघ कर्मा छिरिङ शेर्पा फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय