
९ जेठ, काठमाडौं । ललितपुर ज़िल्लाको गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाका मेयरले सपथ ग्रहण गरेका छन्।
सोमवार अपरान्ह ४ बजे ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा गोदावरी महानगरका नव निर्वाचित मेयर गजेन्द्र महर्जन र महालक्ष्मीका हरीगोविन्द श्रेस्ठले सपथ ग्रहण गरेका हुन्।
सपथ ग्रहण ललितपुर ज़िल्ला अदालतका मुख्य न्यायाधीश किरण कुमार सिवाकोटी ले गराएका हुन। सपथ ग्रहण कार्यक्रमना ललितपुरका प्रमुख ज़िल्ला अधिकारी घनश्याम उपाध्याय उपास्थित भएका थिए।
कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटिले नवनिर्वाचित मेयरलाईं। बधाई दिदै जनताको आसा अपेक्षा अनुसार काम गर्न अनुरोध गरे। ‘जनताका आसा अपेक्षा धेरै छन्। तो आसा अपेक्षा पुरा गर्ने गहन जिम्मेवारी तपाईको काधमाँ आएको ६ जनतालाई निरास नबनाउनु होला।’ सिवाकोटीले भने।
ललितपुरको प्रमुख निर्वाचन आयुक्त श्रदा रिजाल नवनिर्वाचित प्रतिनिधिलाईं बधाई दिइन्। मेयर गजेन्द्र महर्जनले १९१७० मत ल्याएका थिए भने प्रतिद्वंदी नेकपा एमालेका गम्भीर बहादुर राणाले १५२३२ मत ल्याएका छन् ।
त्यस्तै महालक्ष्मीका नव निर्वाचित मेयर हरिगोबिंद ९३५० मत ल्याएका थिए भने प्रतिस्पर्धी शिव कट्टेलले ५६५६ मत ल्याएका छन्। गोदावरीको उपमेयरमा नेपाली कांग्रेसकी मुना अधिकारी विजयी भएकी छन। उनले १८५२६ मत ल्याएकी छन भने प्रतिद्वंदी एमालेकी रमी प्रधानाङगले १४३०५ मत ल्याएकी छन्।
त्यस्तै महालक्ष्मी नगरपालिकामा उपमेयर कांग्रेसकी लक्ष्मी महर्जनले ९५९१ मत ल्याएकी छन। उनकी प्रतिस्पर्धी एमालेकी वीना सूबेदीले ८६८३ मत ल्याएकी छन्।
१४ वडा रहेको गोदावरी नगरपालिकामा वार्ड नम्बर १,२,४,५,, ६,७,९,१०,११,१२ र१४ मा कांग्रेसले जीत हासिल गरेको छ भने वार्ड नम्बर ३-८ माओवादी र एमालेले एक मात्रै वडा १३ जीतेको छ।
त्यस्तै महालक्ष्मी नगरपालिकामा १,२,३,४,८,१० वार्डमा एमालेले जीत हात पारेको छ भने ५,७ ९ मा कांग्रेस र वार्ड न-६ माओबादी केन्द्रले जितेको छ।
प्रतिक्रिया 4