९ जेठ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि राजीव राज पौड्यालले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
ए डिभिजन क्लब फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष रहेका राजीवले सोमबार पत्रकार सम्मेलन गरी सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारे । उनले मंगलबार मनाेनयन दर्ता गर्नेछन् ।
यसअघि नै एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् ।
कर्मा छिरिङले सोमबार दिउँसो प्यानलसहित उम्मेदवारी घोषणा गर्दै दिउँसो मनोनयन दर्ता गरेका हुन् भने नेम्वाङले शुक्रबार दर्ता गरेका हुन् ।
राजीव पौड्यालले उम्मेदवारी घोषणा गर्दै एन्फामा लामो समयदेखि उस्तै काम भइरहेको र मुख्य कुरा सुशासन हुनुपर्ने बताए ।
उनले सुशासन, ग्रासरुट, युवा तथा महिला फुटबल, खेल पूर्वाधार र क्षमता निर्माण, प्रतियोगिता र राष्ट्रिय टिम तथा स्टेकहोल्डर गरी पाँच मुख्य प्राथमिकता रहेको बताए ।
पौड्यनलले सन् २०२४ सम्म महिला र पुरुष फुटबल टिमलाई दक्षिण एसियाको उत्कृष्ट टोली बनाउने लक्ष्य पेश गरेका छन् ।
प्रतिक्रिया 4