
९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) काे अध्यक्षमा राजीव राज पाैड्यालले पनि उम्मेदवारी घाेषणा गरेका छन् ।
फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष रहेका राजीवले साेमबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एन्फा अध्यक्षमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले मनोनयन दर्ता गराइरहेका छन् ।
पौड्यालले भने मंगलबार उम्मेदवारी दर्ता गराउने बताएका छन् ।
पाैड्यालले उम्मेदवारी घाेषणा गर्दै एन्फामा लामाे समयदेखि उस्तै काम भइरहेकाे र मुख्य कुरा सुशासन हुनुपर्ने बताए ।
उनले सुशासन, ग्रासरुट, युवा तथा महिला फुटबल, खेल पूर्वाधार र क्षमता निर्माण, प्रतियाेगिता र राष्ट्रिय टिम तथा स्टेक हाेल्डर गरी पाँच मुख्य प्राथमिकता रहेकाे बताए ।
उनले सन् २०२४ सम्म नेपालकाे महिला र पुरुष फुटबल टिमलाई दक्षिण एसियाकाे नम्बर एक टाेली बनाउने लक्ष्य रहेकाे बताए ।
प्रतिक्रिया 4