
९ जेठ, वीरगञ्ज । पर्साका १३ वटा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले सोमबार सपथ लिएका छन् । उनीहरुलाई पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सपथ दिलाएका हुन् ।
वीरगञ्जस्थित जिल्ला समन्वय समिति पर्साको सभाहलमा सोमबार दिउँसो आयोजित शपथग्रहण समारोहमा ३ पालिकाका नवनिर्वाचित मेयर र १० गाँउपालिाका अध्यक्षले शपथ लिए।
सपथ लिनेहरुमा पोखरिया नगरपालिकाका मेयर प्रधुम्न प्रसाद चौहान, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी, पकाहामैनपुर गाँपालिकाका अध्यक्ष सुरेस प्रसाद मेहता, कालिकामाइ गाँउपालिकाका अध्यक्ष बशीष्ट कुमार गुप्ता, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, धोबीनी गाँउपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी र ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ रहेका छन् ।
पर्सा देशको आर्थिक राजधानी भनाईमा मात्रै हैन व्यवहारमा बनाएर देखाउन उनको सुझाव छ । पटेर्वासुगौली र धोविनी बाहेक पालिकाका अध्यक्षहरुले आफूले सपथ लिईसकेपछि पालिकामा गएर उप प्रमुख-उपाध्यक्ष, वडा अध्यक्षहरु, र सदस्यहरुलाई सपथ ग्रहण गराएका छन्।
प्रतिक्रिया 4