
९ जेठ, विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्कीले सोमबार पदभार ग्रहण गरेका छन् ।
कोइराला नेपाली कांग्रेस र कार्की नेकपा एमालेबाट निर्वाचित भएका थिए । सोमबार पदभार ग्रहणपछि कोइरालाले राजस्व परामर्श समिति गठन गरेर कर पुनरावलोकन गर्ने र उपप्रमुख कार्कीले लैंगिक हिंसा निवारण कोष बनाउने निर्णय गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०४४ को दफा ६५ मा स्थानीय राजस्व परामर्श समिति गठन गर्ने प्रावधान छ । निर्वाचनमा करको दर घटाउने र दायरा बढाउने प्रतिवद्धता गरेका कोइरालाले पहिलो निर्णय दर घटाउने र दायरा बढाउनका परामर्श समिति गठन गरेका हुन् ।
जनतासँग गरेको प्रतिवद्धता अनुसार करको दायरा घटाउनका लागि समिति गठन गर्ने निर्णय गरेको उनले बताए । मेयर कोइरालाले महानगरको विकासका लागि सबैसँग समन्वय गरेर काम गर्ने बताए ।
स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार राजस्व परामर्श समिति उपमेयरको संयोजकत्वमा हुनेछ । प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिकाले तोकेका एक महिलासहित दुई सदस्य, निजी क्षेत्रका दुई जना प्रतिनिधि सदस्य र राजस्व महाशाखा प्रमुख समितिको सदस्य सचिव हुने प्रावधान छ ।
आगामी नगरसभामा समितिले सुझाव पेश गुर्नपर्ने भएकाले तत्काल काम सुरु गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए ।
उपप्रमुख कार्कीले लैंगिक हिंसा निवारण कोष बनाउने निर्णयमा गरेकी हुन् । लैगिक हिंसामा परेकाहरुको तत्काल उद्दार र राहतका लागि महानगरमा कोष छैन । कोष बनेपछि महानगरले कोषबाटै हिंसा पीडित महिलाको उद्दार र राहतमा सहयोग गर्नेछ ।
कार्यालयमा नै शपथ र स्वागत
सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयलले १७ वटै पालिकाका प्रमुखहरुलाई महानगरपालिकाको कार्यालयमा शपथ ग्रहण गराएको थियो । कार्यालयको शपथ ग्रहणपछि महानगरका जनप्रतिनिधिले महानगरकै कार्यालयमा शपथग्रहण गरे ।
शपथ ग्रहणपछि महानगरको पछाडिपट्टीको गेटबाट बाहिरिएर मूलगेट हुँदै कार्यालय प्रवेश गर्दा महानगरका कर्मचारीले स्वागत गरेका थिए ।
प्रतिक्रिया 4