
काठमाडौं । टम क्रुज स्टारर प्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ’को अफिसियल टिजर ट्रेलर रिलिज भएको छ ।
क्रुजकै ‘टपगन : माभेरिक’ दुई सातामा नेपाली बक्स अफिसमा रिलिजको तयारीमा छ । वितरण कम्पनी प्यारामाउन्ट पिक्चर्सले मिसन इम्पोसिबल श्रृंखलाअन्तर्गत डेड रेकोनिङको पहिलो भाग टिजर ल्याएको हो ।
एक मिसन लिएर खटिएको इथान हन्ट नामक चरित्रमा क्रुजले अभिनय गरेका छन् । छायांकनदेखि नै यो फिल्मलाई लिएर विश्व फिल्म जगतमा चर्चा छ । उनले पहाडमा मोटरसाइकल गुडाएको दृश्य चर्चामा छ ।
मिसन इम्पोसिबलको सात र आठ श्रृंखलाको छायांकन भइसकेको छ । नेपालमा समेत टम क्रुजका एक्सन फिल्मले राम्रो कमाइ गर्ने गरेका छन् । ‘मिसन इम्पोसिबल-७’ सन् २०२३ मा रिलिज गरिने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4