
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन् । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्कृतिविद् जोशीलाई सम्मान गरेको हो ।
२८ औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका जोशीलाई सम्मान गरेको हो ।
उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक समितीका अध्यक्ष राजेश उपाध्यायले अभिन्नदन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहँदै आएको बताए ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4