+
+

फोनपेले पायो आईएसओ २७००१ः२०१३ को गुणस्तरीय प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १९:५५

काठमाडौं । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले आईएसओ २७००१ः२०१३ को गुणस्तरीय प्रमाणपत्र पाएको छ ।

कम्पनीका अनुसार उच्च गुणस्तरीयता सेवा प्रदान गरेबापत आईएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट)२७००१ः२०१३ को प्रमाणपत्र पाएको कम्पनीले जनाएको छ । यस किसिमको प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको कम्पनीले बताएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले फोनपेले आईएसओ प्रमाणपत्र प्राप्त गर्नु भनेको ग्राहकले सुरक्षित् तवरले कारोबार गर्न सकुन् भन्ने कुराको पुष्टि भएको बताए । फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको भन्दै उनले आगामी दिनमा पनि निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउने बताए ।

फोनपेका हेड अफ सेक्यूरिटीका आस्लम अलीले आईएसओको प्रमाणीकरणले ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि प्रतिबद्ध रहेको देखाउने भन्दै सम्पूर्ण कर्मचारिको प्रयास र योगदान समावेश रहेको बताए ।

फोनपले यसअघि पनि डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ (पीसीआइ डिएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?