
१० जेठ, काठमाडौं । सरकारले प्रशासनिक भवनहरु बनाउने भएको छ ।
मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा संघीय प्रशासनिक भवन सिंहदरबारलाई गुरुयोजना अनुरुप सुन्दर बनाउने उल्लेख छ ।
यस्तै नवलपरासी बर्दघाट सुस्ता पुर्व, रुकुम पुर्व जिल्लामा आवश्यक सरकारी कार्यालय निर्माण गरिने घोषणा भएको हो ।
नीति तथा कार्याक्रममा सिमावर्ती व्यापारिक नाकामा शहरी पुर्वाधारको निर्माण गरी आर्थिक केन्द्र बनाईने घोषणा भएको छ ।
दोधारा चाँदनी, र राजापुरमा शहर विकासका पूर्व तयारीको काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4