
१० जेठ, काठमाडौं । सरकारले फोहोर व्यवस्थापनको लागि स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग गर्ने भएको छ ।
मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापन गर्नका लागि स्थानीय तहलाई प्राविधिक उपलब्ध गराउन संस्थागत प्रबन्ध गरिने उल्लेख छ ।
आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहलाई सरसफाई सम्बन्धी गुरुयोजना ल्याउन सहयोग गरिनेछ । विभिन्न १२ शहरमा एकीकृत खानेपानी आयोजना र फोहोर पानी व्यवस्थपनकोे विस्तृत अध्ययन गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।
फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा छ । तर अधिकांश स्थानीय तहले फोहोर मैला व्यवस्थापनका लागि दिगो योजना नबनाउँदा अधिकांश शहरी क्षेत्र सफा हुन सकेका छैनन् ।
यस्तै काठमाडौं उपत्यकामा यातायात क्षेत्रमा स्थानीय तहसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘सार्वजनिक यातायात र सदृढ र व्यवस्थित बनाउन काठमाडौं उपत्यकाका स्थानीय तहसँग सहकार्य गरी साझेदारी गरी एकीकृत सार्वजनिक यातायात योजना कार्यान्वयन गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
प्रतिक्रिया 4