+
+
सरकारको नीति तथा कार्यक्रम :

स्याटेलाइट र सेक्युरिटी प्रिन्टिङ प्रेस परियोजना अघि बढाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:४३

१० जेठ, काठमाडौं । सरकारले फेरि आफ्नै भूउपग्रह (स्याटेलाइट) र अत्याधुनिक सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको घोषणा गरेको छ । यसअघिको नेकपा एमाले नेतृत्वको सरकारले अघि बढाउँदा अनियमितातको विवादमा फसेका दुबै परियोजना अघि बढाउने घोषणा भएको हो ।

आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा सरकारले नेपालको आफ्नै (स्याटेलाइट) राख्ने प्रक्रिया अघि बढाउने उल्लेख छ ।

नेपााल दूरसञ्चार प्राधिकरणले यसअघि अगाडि बढाइएका सबै प्रक्रिया रद्द गरेर स्याटेलाइट परियोजना ‘फ्रिज’ गरेर राखेको छ ।

सरकारले सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै २०७६ को असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । सरकारले एक फ्रान्सेली कम्पनीलाई दिने तयारी भएपनि अनियमितताको आरोप लागेपछि आयोजना अन्योलमा परेको थियो ।

नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २० असोस २०७३ मा आह्वान गरेको आशयपत्रमा १२ देशका २२ वटा कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।

अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेस गरेका थिए ।

दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजनहरु विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकोमा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।

सेक्युरिट प्रिन्टिङ प्रेस राख्ने प्रक्रिया अघि बढ्दै गर्दा एक विदेशी कम्पनीका एजेन्टसँग तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि ठूलो प्रिन्टिङ प्रेस राख्न एक फ्रान्सेली कम्पनीसँग अघि बढेको प्रक्रिया रद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?