
१० जेठ, रोल्पा । रोल्पा नगरपालिका वडा नं २ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो ४ वजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
सदरमुकाम लिवाङवाट माडीचौर तर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको सो अटो अनियन्त्रित भई सडकवाट करिव ५० मिटर तल खसेको थियो ।
घाइतेहरु रोल्पा नगरपालिका ७ माडीचौरका ५३ वर्षिय दलवहादुर पुनको वाँया हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने वर्ष ५२ का जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ ।
सोही ठाउँ बस्ने वर्ष ४७ का सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4