+
+

माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने

प्रदेश तहमा आवसीय विद्यालय सञ्चालन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:०३

१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेश, स्थानीय तहको सहकार्यमा सामुदायिक माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने भएको छ ।

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैमदरसा शिक्षालाई आधुनिक प्रणालीसँग आवद्ध गर्न कानुनी व्यवस्था गरिने बताइन् ।

यस्तै उनले कक्षा ९ देखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम निर्माण गरी प्राविधिक तथा व्यवसायिक विषयलाईसमावेश गरिने बताइन् ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नको लागि पढ्दै कमाउँदै कार्यक्रम थप विस्तार गरिने बताइन् ।

यस्तै गुम्बा, मदरसा गुरुकुलले लगायतले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा दिँदै आएको अनुदानलाई विद्यार्थी संख्या र सञ्चालन तह कक्षासँग आवद्ध गर्ने सरकारले घोषणा गरेको छ ।

दलित, अल्पसंख्यक, लोपोन्मुख जातजाति, पिछडिएको क्षेत्र तथा हिमाली क्षेत्र र आर्थिक रुपले विपन्न परिवारका बालबालिका र विशेष आवश्यकता भएका बालबािलकाको गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन प्रदेश तहमा आवसीय विद्यालय सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?