
१० जेठ, काठमाडौं । सरकारले कृषि उत्पादनलाई औद्योगिक उत्पादनसँग जोड्न नयाँ कार्यक्रम अघि सारेको छ ।
मंगलबार सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘फार्म टू इन्डस्ट्री’ एकीकृत कार्यक्रम घोषणा गरेकी हुन् ।
कृषि उत्पादनलाई औद्योगिक प्रशोधनसFग जोड्न र कृषक तथा उद्योगको आवश्यकता र क्षमता उपयोगका लागि यस्तो कार्यक्रम घोषणा गरिएको कार्यक्रममा उल्लेख छ ।
‘फार्म टू इन्ड्रस्टी’ एकीकृत कार्यक्रमले कृषि र उद्योगको शृंखलालाई जोड्ने विश्वास सरकारले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4