
फाइल तस्वीर
१० जेठ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
नीति तथा कार्यक्रमबारे अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिंदै गोल्छाले निजी क्षेत्रको माग सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए ।
‘समग्रमा नीति तथा कार्यक्रम सकारात्मक छ,’ उनले भने, ‘निजी क्षेत्रले उठाएका माग धेरै हदसम्म पूरा भएको छ ।’ कन्ट्रीरेटिङ, साना तथा मझौला उद्योगलाई सहुलियत कर्जा, रेमिट्यान्सलाई प्रोत्साहन जस्ता विषय सकारात्मक रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4