+
+

यू-१९ महिला टी-२० विश्वकपमा पुग्ने नेपालको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १६:३०

१२ जेठ, काठमाडाैं । नेपालले अर्को महिना मलेसियामा हुने यू–१९ महिला विश्वकप एसिया क्षेत्रीय छनोटको तयारी गरिरहेको छ । हाल १६ खेलाडीलाई बन्द प्रशिक्षणमा छन् । १६ मध्येबाट १४ खेलाडी अन्तिम टिममा पर्नेछन् ।

४ जुनदेखि हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइलयान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रशिक्षक महेश रिजाल भने प्रतियोगिता जित्दै विश्वकप खेल्ने लक्ष्य रहेको बताएका छन् । ‘हाम्रो तयारी लागि राम्रो छ । एक महिना लामो प्रशिक्षणमा खेलाडीहरुले राम्रो प्रगति गरिरहेका छन्,’ उनले भने, ‘टिम सम्रगमा सन्तुलित छ । ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो छ । भएका खेलाडीलाई आवश्यकता अनुसार तयार गर्दै प्रशिक्षण गरिरहेका छौं ।’

प्रशिक्षकका अनुसार नेपाली यू १९ टिमले मलेसिया जानु अघि नेपाल क्रिकेट संघ(क्यान)को पहलमा सिनियर महिला टिमसँग अभ्यास खेल खेल्ने तयारीमा छ ।

टिमकी नवनियुक्त कप्तान कृतिका मरासिनी पनि एसिया कप छनोटका लागि आफूहरु तयार रहेको बताउँछिन् । ‘हाम्रो बलियो पक्ष भनेको बलिङ हो तर ब्याटिङमा पनि हामी राम्रो छौं हाम्रो टिम सन्तुलित रहेको छ,’ उनले भनिन् ।

टिममा अधिकांश नयाँ खेलाडीको आगमन भए पनि हरेक खेलाडी आत्मविश्वासी र प्रतिभाशाली रहेको कृतिकाले बताइन् । ‘नयाँ खेलाडीहरु जति पनि आएका छन्, सबै सक्षम र आतमविश्वासी छन्, जसका कारण टिम राम्रो बनेको छ ।’

४ बर्षयता क्रिकेट खेलिरहेकी र २०१९ मा यू–१९ प्रतियोगिता खेलि सकेकी कृतिका आफै पनि बलिङमा निकै राम्रो पेस भएकी खेलाडी हुन् । उक्त प्रतियोगितामा उत्कृष्ट बलर भएकी कृतिकामा कप्तानीको जिम्मेवारी थपिएको छ ।

उनी भने कप्तानीको जिम्मेवारी थपिए पनि आफ्नो प्रदर्शनमा भने यसले असर नपार्ने बताएकी छिन् । भन्छिन्, ‘नेपालको प्रतिनिधित्व गर्दै कप्तानी गर्दैछु थोरै जिम्मेवारी भार त हुनेछ तर व्याक्तिगत प्रदर्शनमा भने फरक पर्दैन ।’

नेपालले यस प्रतियोगितामा जित हात पार्दै यू–१९ विश्वकप छनोटको खेल खेल्ने लक्ष्य लिएको छ । यस प्रतियोगिताको उपाधि जितेमा नेपालले २०२३ को जनवरीमा मा दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टी–२० विश्वकप खेल्नेछ ।

तस्वीर तथा भिडियो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?