
१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा विद्यमान कर प्रणालीको पुनरावलोकन गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।
सरकारले आयातमा निर्भर कर प्रणालीलाई आन्तरिक उत्पादनमा आधारित बनाउने गरी बजेट ल्याउने तयारी गरेको छ । सोही अनुसार नीति तथा कार्यक्रममा कर प्रणाली पुनरावलोकनको घोषणा गरिएको हो ।
स्थानीय तहको राजस्व परिचालन सहज बनाउन आवश्यक नीति र मापदण्ड बनाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
डिजिटल बैंकिङका अवधारणा अनुसार राष्ट्रिय भुक्तानी प्रणाली समेत सुदृढ गर्ने र सबै वित्तीय कारोबार विद्युतीय माध्यमबाट हुने व्यवस्था मिलाउने घोषणा समेत सरकारले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4