
फाइल तस्वीर
१० जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रमबारे अनलाइनखबरलाई संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष मल्लले यसपालीको नीति तथा कार्यक्रले उत्पादन मुलक क्षेत्र र कृषि उत्पादनलाई प्रोत्साहन गरेको बताए ।
उत्पादनमुलक उद्योगलाई प्रोत्साहन, व्यापार सहजीकरण, घरजग्गा कारोबार व्यवस्थापन, जस्ता विषय प्रारम्भिक रुपमा सकारात्मक देखिएको मल्ले बताए । यसलाई बजेटले कसरी प्रष्ट पार्छ त्यो भने हेर्नै पर्ने उनको धारणा छ ।
‘नीति तथा कार्यक्रम सकारात्मक छ तर कार्यन्वयन चुनौतीपूर्ण छ,’ मल्लले भने, ‘यसलाई बजेटले कसरी प्रस्ष्ट्याउँछ हेर्न बाँकी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4