
१० जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पेस गरेको नीति तथा कार्यक्रम आधारभूत रुपमा ठीक भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार संसद भवनमा संवाददाताहरुसँग बोल्दै उनले सत्तारुढ गठबन्धनमा रहेका दलको धारणा अनुसार आएको पनि बताए ।
‘गठबन्धन दलको धारणालाई अगाडि सारेको छ,’ अध्यक्ष नेपालले भने, ‘जनताको मुद्दालाई, अहिलेको समस्यालाई सम्बोधन गर्ने कोशिस गरेको छ । राज्यका, समाजका सबै समस्यालाई अधिकतम रुपमा सम्बोधन गर्ने कोशिस गरेको छ ।’
उनले अघि भने, ‘पर्फेक्ट नभए पनि आधारभूत रुपमा ठीक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4