+
+

नीति तथा कार्यक्रमले हाम्रो माग सम्बोधन गर्‍यो : परिसंघ अध्यक्ष अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:२३
फाइल तस्वीर

१० जेठ, काठमडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने गरी आएको प्रतिक्रिया दिएका छन् ।

नीति तथा कार्यक्रमबारे अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष अग्रवालले औद्योगिकरणका लागि सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको बताए ।

स्वदेशी उत्पादन र उपभोग दशक कार्यक्रम परिसंघको माग अनुसार आएको उनले बताए । उद्योगमा जग्गाको हदबन्दी जस्ता कार्यक्रम पनि परिसंघले पहिल्यैदेखि उठाएको मुद्दा भएको अग्रवालको भनाइ छ ।

‘हामीले माग गरेका धेरै विषय नीति तथा कार्यक्रममा परेका छन् । यो निकै सकारात्मक छन्,’ उनले अघि थपे, ‘उद्योगमा जग्गाको हदबन्दी नलाग्ने जस्ता विषय पनि राम्रो छ ।’

उद्योगलाई संरक्षण गर्ने नीतिलाई अब बजेटमार्फत सम्बोधन गरिनु पर्ने पनि उनले बताए । परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ लाई सहयोग गर्ने गरी नीति तथा कार्यक्रम आएकोमा उनले खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?