
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा देशभर रहेका शाखामार्फत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
देशका विभिन्न स्थानमा रहेका ३१ वटा शाखामार्फत आयोजित रक्तदान कार्यक्रममा १०२८ जनाले गरे रक्तदान गरेका छन् ।
रक्तदान गर्ने यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको बैंकले दावी गरेको छ ।
स्वास्थ्य क्षेत्रमा अभावका रुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले रक्तदान कार्यक्रम सञ्चालन गरेको बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4