
१० जेठ, काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रतिवद्धता कार्यान्वयन गर्न अग्रसरता देखाउन थालेका छन् । पदभार ग्रहण गरेलगत्तै चुनावी प्रतिवद्धता कार्यान्वयनको पहल गर्न उनी काठमाडौं आइपुगेका छन् । सो क्रममा उनले माओवादी केन्द्रका अध्यक्षदेखि अर्थमन्त्री जर्नादन शर्मासग भेट गरी कार्यक्रम कार्यान्वयनको पहल थालेका हुन् ।
अर्थमन्त्रीसँगको भेटमा पौडेलले नगर विकासका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका हुन् । भेटमा अर्थमन्त्री शर्माले जीतपुरसिमराको विकासमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नगर प्रमुख पौडेलले मंगलबार नै श्रम तथा रोजगारमन्त्री किशान श्रेष्ठसँग भेट गरी जीतपुरसिमरामा श्रम अस्पताल बनाउन माग गरे । भेटमा श्रममन्त्री पौडेलले जीतपुरसिमरामा श्रम अस्पताल बनाउने तयारी भइरहेको जानकारी समेत गराएका छन् ।
मंगलबार नै पौडेलले गृहसचिव टेकनारायण पाण्डेसँग भेट गरी जीतपुरसिमराको सुरक्षा प्रभावकारी बनाउन आग्रह गरे ।
पौडेलले मंगलबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । उक्त अवसरमा प्रचण्डले जनताको मनोभावना अनुसार काम गर्न भनेका छन् ।
प्रतिक्रिया 4