
जेठ १०, उदयपुर । त्रियुगा नगरपालिकाको मतगणनाको सुरुवातमा नेपाली कांग्रेसको अग्रता देखिएको छ । पहिलो २०० मत गणनाको परिणाम अनुसार नगरको प्रमुख पदमा नेपाली कांग्रेसका वसन्त बस्नेतको ८८ मत आएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीको ४७ र नेकपा एमालेको भागवत राउतको ३१ मत आएको छ ।
उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी उपप्रमुख उम्मेदवार सरिता राईको ७४, एमालेकी महेश्वरी राईको ३९ र नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीको १४ मत आएको छ ।
वडाध्यक्षमा पनि कांग्रेसको नै अग्रता छ । कांग्रेसका मनोजकुमार चौधरीको ७५, एमालेको दिलिपकुमार चौधरीको ३६ र नेकपा एकीकृत समाजवादीका सुकुमार चौधरीको ७ मत आएको छ ।
वडाध्यक्षमा दोस्रो बढी मत स्वतन्त्र उम्मेदवार नारायण प्रसाद ढकालले ५६ पाएका छन् । त्रियुगामा ढिलो गरी मंगलबार मात्र मतगणना सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4