+
+

रोल्पामा वडाध्यक्षका १० जना उम्मेदवारले २५ भन्दा कम मतले हारे

महेश न्यौपाने महेश न्यौपाने
२०७९ जेठ ११ गते ७:३९

११ जेठ, रोल्पा । रोल्पाका १० जना वडाध्यक्षका उम्मेदवारले २५ भन्दा कम मतले पाराजय व्यहोरेका छन् । एक वडामा त दुई जनाको मत बराबर भयो । गोला तानेर निर्वाचित गरियो ।

रोल्पा नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश डाँगीले बराबर मत पाएका थिए ।

वडाध्यक्षका दुवै उम्मेदवारको ५४३ मत आएपछि भएको गोलाप्रथाद्वारा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भए। सो वडामा २ वडा सदस्य नेकपा माओवादी केन्द्र र २ वडा सदस्य नेपाली कांग्रेसले जितेका छन् ।

सुनछहरी-४ मा नेपाली कांग्रेसका हर्कराम बुढामगर ३४६ प्राप्त गरेर विजय भए । माओवादी केन्द्रका खड्कवहादुर घर्तीमगरले ३४३ मत पाए । घर्तीमगर ३ मतले हारे । यो वडाका ३ सदस्य माओवादी केन्द्र र १ वडा सदस्य कांग्रेसले जितेको छ  ।

रुन्टीगढी-४ मा नेपाली कांग्रेसका टंकबहादुर पुनले ४८८ मत प्राप्त गरेर विजयी हुँदा एमालेका  वेगम पुनले ४८० मत प्राप्त गरे । उनले ८ मतान्तरले पराजित हुनुपर्‍यो ।

त्रिवेणी-४ मा माओवादी केन्द्रका उम्मेदवार गंगाप्रसाद घर्तीमगरले ६६८ ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार प्रशाराम वलीले ६५८ प्राप्त गरे । १० मतले वली पराजित भए । चार जना वडासदस्य भने एमालेले जित्यो ।

माडी-३ मा नेकपा एकीकृत समाजवादीका बलवहादुर बुढाले ६०२ मत प्राप्त गरेर विजयी भए । कांग्रेसका निमवहादुर डाँगी ५९२ मत ल्याएर १० मतान्तरले पराजित भए । यहाँ ३ वडा सदस्य एकीकृत समाजवादीले जित्दा १ सदस्य माओवादी केन्द्रले जितेको छ ।

सुनिलस्मृती-७ मा नेकपा माओवादी केन्द्रका रेशम शर्माले ७८३ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका छविलाल रिजालले ७७२ मत ल्याए अर्थात ११ मतान्तरले हारे ।

रुन्टीगढी-७ मा माओवादीका टेकलाल पुनले ५९७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका दिलमन वुढाथोकीले ५७६ प्राए । यस वडामा दुई उम्मेदवारको मतान्तर २१ मात्रै रहेको छ ।

थवाङ-१ मा माओवादी केन्द्रका हिराप्रसाद बुढाले ३५८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार फर्के झाँक्रीमगरले ३३६ मत प्राप्त गरे । यस वडाको मतान्तर २२ रहेको छ ।

परिवर्तन गाउँपालिका-६ मा नेपाली कांग्रेसका भरतवहादुर वुढामगरले ३४६ मत प्राप्त गरेर विजयी भएका छन् ।माओवादी केन्द्रका कर्णवहादुर बुढामगरले २२ मतान्तरले हारे । उनले ३२४ मत ल्याए । यो वडामा माओवादीले एक वडासदस्य जित्दा कांग्रेसले ३ जितेको छ ।

थवाङ-४ मा एमालेका उम्मेदवार हिक्मत घर्तीमरले ३३७ मत पाएर विजयी हुँदा माओवादीका उम्मेदवार पुनबहादुर कामी ३१२ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?