
११ जेठ, तनहुँ । व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुन: मतगणनाको लागि माग गरेका छन् ।
बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगमा पुन: मतगणनाको लागि माग गर्ने जानकारी दिए ।
उनले मतगणना निष्पक्ष रुपमा र आयोगले भने अनुसार नभएको आरोप लगाउँदै पुन: मतगणनाको माग गरेका हुन् ।
वडा न १ देखि ८ सम्म जितेको परिमाणमा सुनाइएको र वडा न ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उनको आरोप छ ।
एमालेको सहयोगमा नगरको मेयरको उम्मेदवार बनेका जोशी कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका हुन् ।
कांग्रेससँग असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो राजनीतिक विरासत फर्काउन एमालेलाई साथमा लिएर छोरा दीपकलाई मेयरको उम्मेदवार बनाए थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4