
११ जेठ, बनियानी । झापामा आज बिहान यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-धरमपुर सडक खण्डमा को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१-०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
मृत्यु हुनेमा मोरङ पथरी-शनिश्चरे-८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4