
११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्य नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई सञ्चालकमा नियुक्त गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
‘उहाँहरुलाई नियुक्तिको चिठी अझै गइसकेको छैन,’ ती अधिकारीले भने, ‘निर्णय भने भइसकेको छ ।’
यसअघिका सञ्चालकद्धय रामजी रेग्मी र श्रीराम पौडेलको नियमित कार्यकाल पूरा भएपछि शिवाकोटी र आचार्य नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4