
काठमाडौं । माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गर्ने टेलिभिजन कार्यक्रम ‘कमेडी हब’को आजदेखि सुरु हुने भनिएको प्रसारण रोकिएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै निर्देशक घिमिरेले प्राविधिक तयारी नपुगेकाले कार्यक्रम पूर्वनिर्धारित कार्यक्रमबाट पछि सरेको बताए । निर्माण कम्पनी मिडिया हबको निर्णयअनुसार नै अब जेठ १८ गतेदेखि कार्यक्रम प्रसारण हुने भएको छ ।
सोमबार एक पाँचतारे होटलमा भव्य कार्यक्रम आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको थियो । जेठ ११ गतेदेखि कार्यक्रम प्रसारण हुने जानकारी दिइएको थियो ।
‘तयारी पुगेन, जाँदा राम्रोसँग जाऊँ कि भनेर कार्यक्रम रोक्यौं । केही प्राविधिक तयारी गर्नुपर्ने देखियो,’ घिमिरेले भने, ‘निर्माण कम्पनीको निर्णयअनुसार नै यस्तो गरेका हौं ।’
माग्ने बुढा र राजेन्द्र राजेन्द्रले मिलेर कार्यक्रम ल्याउन लागेका हुन् । यो शोमा कमेडी च्याम्पियन हिमेश पन्तसहितका युवा स्ट्यान्डअप कमेडियनले प्रस्तुति दिनेछन् ।
प्रतिक्रिया 4