
११ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले विज्ञ रोष्टरमा सूचीकृत हुन आह्वान गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै विभिन्न तह तथा विषय अध्ययनका लागि लिइने एकीकृत प्रवेश परीक्षाको काममा लागि विज्ञको आवश्यकता भएको जनाएको छ ।
रोष्टरमा सूचीकृत भएका विज्ञले एकीकृत प्रवेश परीक्षाको प्रश्नपत्र बनाउने र उत्तरकुञ्जिका निर्माण तथा यस सम्बन्धी अन्य कार्य गर्नुपर्ने छ ।
योग्यता पुगेका विज्ञले कागजात सहित आयोगको इमलेमार्फत तथा आयोगको कार्यलयमा गएर निवेदन दिन सक्नेछन् । आयोगले जेठ मसान्तसम्म निवेदन दिन सकिने जनाएको छ ।
हेर्नुहोस् आयोगको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4