
११ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै तीन वटा निर्णय गरेका छन् ।
उनले अब वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने बताए ।
‘वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिकामा आउनुपर्दैन’ महर्जनले भने ।
त्यस्तै महानगरपालिकाले हालसम्म चक्रपथभित्र मात्र फोहोर संकलन गर्दै आएकामा दुई तीन हप्तापछि २९ वटै वडाबाट फोहोर संकलन गरिने उनले बताए ।
ललितपुर महानगरपालिकाले किनेको कम्प्याक्ट ट्रक दुई हप्तामा आइपुग्ने र त्यसपछि फोहोर संकलन गरिने उनको भनाइ छ ।
मेयर महर्जनले अनलाइनमार्फत राजस्व संकलनको व्यवस्था गर्ने पनि घोषणा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4