
काठमाडौं । मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेल इमामी कम्पनीले फ्रि मसाज क्याम्प आयोजना गर्ने भएको छ ।
काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा फ्रि मसाज क्याम्प छिट्टै आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार काठमाडौं उपत्यका लगायत पोखरा, नेपालगञ्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य शहरहरु क्याम्प सञ्चालन हुनेछन् ।
१५० दिनसम्म सञ्चालन हुने क्याम्पबाट लाखौं ग्राहकहरुले तेल मालिसको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
नवरत्न तेलका ब्राण्ड म्यानेजर विकास तिवारीले ५० जिल्लाका करिब १० लाख जनाले फ्रि हेड मसाजको फाइदा लिने बताएका छन् । क्याम्पमा सहभागी भएर मालिसको आनन्द उठाउन उनले आग्रह समेत गरेका छन् ।
आजको तनावले भरिएको जिन्दगीमा केही राहतको महसुस गर्न नवरत्न तेल उपयोगी हुने उनको भनाइ छ । बहु उपयोगी यो तेलले कुनै प्रकारको साइड इफेक्ट नरहेको उनको दाबी छ ।
प्रतिक्रिया 4