
११ जेठ, विराटनगर । प्रदेश १ का १४ मध्ये तीनवटा जिल्लामा मात्रै नेकपा एमालेले बहुमत स्थानीय तहमा जित हासिल गरेको छ । प्रदेश १ का १३७ स्थानीय तहमध्ये उदयपुर त्रियुगाबाहेकको नतिजा सार्वजनिक भइसकेको छ ।
जिल्लाका स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखबीचको निर्वाचनबाट बन्ने जिल्ला समन्वय समिति गठनमा पाँच वर्षअघि भन्दा एमाले यसपटक कमजोर देखिएको छ । पाँच वर्षअघि प्रदेशका १२ वटा जिल्लाको समन्वय समितिको प्रमुख एमालेले जितेको थियो ।
ताप्लेजुङ, इलाम, झापा, खोटाङ, धनकुटा, उदपयपुर, तेह्रथुम र संखुवासभामा एमालेले एक्लै जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख जितेको थियो । पाँचथर, भोजपुर, मोरङ र सोलुखुम्बुमा माओवादी केन्द्रसँग तालमेल गरेर जितेको थियो । ती चार जिल्लामा माओवादी केन्द्रले उपप्रमुख पद पाएको थियो ।
कांग्रेसले कांग्रेसले सुनसरी र ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख जितेको थियो ।
यो पटक नेकपा एमालेले मोरङ, धनकुटा र झापामा जिससका लागि बहुमत बनाएको छ । सुनसरी र सोलुखुम्बुमा कांग्रेसको एकल बहुमत छ । इलाममा सत्तारुढ गठबन्धनमा रहेका दल र एमालेको मत बराबर छ ।
मोरङमा १७ मध्ये एमालेले ९ तहको प्रमुख र १२ तहको उपप्रमुख जितेको छ । कांग्रेसले ८ तहको प्रमुख र ४ स्थानीय तहको उपप्रमुख जितेको छ । माओवादी केन्द्रले १ उपप्रमुख जितेको छ ।
झापामा १५ स्थानीय तहमध्ये एमालेले ७ प्रमुख र १० उपप्रमुख जितेर एकल बहुमत बनाएको छ । यहाँ कांग्रेसले ६ तहको प्रमुख र ३ तहको उपप्रमुख जितेको छ । २ प्रमुख र २ उपप्रमुख राप्रपाले जितेको छ ।
धनकुटाका ७ मध्ये ३ प्रमुख पालिका प्रमुख र ६ उपप्रमुख एमालेले जितेको छ । कांग्रेसका ४ प्रमुख र माओवादीको १ उप्रमुख जितेको छ । धनकुटामा जिससका लागि एमालेको एकल बहुमत छ ।
सुनसरीका १२ स्थानीय तहमध्ये ७ प्रमुख र ६ उपप्रमुख कांग्रसले जितेको छ । सुनसरीमा एमालेले ३ प्रमुख र ५ उपप्रमुख, माओवादीले १ उपप्रमुख, जसपाले १ प्रमुख र स्वतन्त्र १ प्रमुख छन् ।
इलामका १० स्थानीय तहमध्ये एमालेले ५ प्रमुख र ५ उपप्रमुख जितेको छ । कांग्रेसले ४ प्रमुख र ३ उपप्रमुख, एकीकृत समाजवादीले १ प्रमुख र १ उपप्रमुख जितेको छ । जसपाले १ उपप्रमुख जितेका कारण गठबन्धन र एमालेको मत बराबर छ ।
भोजपुर, तेह्रथुम, खोटाङ, उदयपुर, ताप्लेजुङ, संखुवासभा, पाँचथर र इलाममा सत्तारुढ गठबन्धनदलको बहुमत छ ।
प्रतिक्रिया 4