
११ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका सत्तारुढ दलनिकट विद्यार्थी संगठनका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियू लगायतका सत्तारुढ दल निकट विद्यार्थी संगठनले प्रचण्ड र माधव नेपाललाई छुट्टाछुट्टै भेटेर पेट्रोलियम पदार्थमाथि लगाइएको कर घटाउने पहल गर्न आग्रह गरेका हुन् ।
अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले आफूहरुको आग्रहपछि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जर्नादन शर्मालाई टेलिफोन गरेको बताए । पुनका अनुसार विद्यार्थी संगठनहरुको माग सम्बोधन गर्न कर घटाउन तीन नेता सकारात्मक भएका छन् ।
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै सत्तारुढ र नेकपा एमाले निकट विद्यार्थी संगठन समेत संयुक्तरुपमा आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया 4