+
+

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँणको अग्रता कायमै, उपमेयरमा एमालेकी चौधरीको जित निश्चित

टोपराज शर्मा टोपराज शर्मा
२०७९ जेठ १२ गते ८:५६

१२ जेठ, बुटवल । रुपन्देहीका १६ पालिकामध्ये १५ वटाको नतिजा आइसक्दा तिलोत्तमा नगरपालिकाको मात्र नतिजा आउन बाँकी छ । गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर तथा एमालेकै उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमाको नेतृत्व कस्ले जित्ला भन्नेमा धेरैको चासो छ ।

१७ वटा वडा रहेको तिलोत्तमामा ५२५१ मत गन्न बाँकी हुँदा नेपाली कांग्रेसका रामकृष्ण खाँण निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापागाई भन्दा ८०७ मतले अगाडि छन् । खाँण नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । चापागाई अघिल्लो चुनावमा मेयरको टिकट पाएर खोसिएका उम्मेदवार हुन् । २०७४ मा चापागाईंले पाएको टिकट अन्तिम समयमा घनश्याम भुसालको जोडबलमा बासुदेव घिमिरेले पाएका थिए । चापागाईं पत्रकारिता पृष्ठभूमिका हुन् ।

हालसम्म ५९ हजार ४८५ मत गणना हुँदा खाँणले २२ हजार ४५४ मत पाएका छन् भने एमालेका चापागाईंले २१ हजार ६४७ मतसहित टक्कर दिइरहेका छन् ।

उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरीले २१ हजार २१८ मत पाउँदा माओवादी केन्द्रका हेमन्त पाण्डेले १० हजार ५५४ मत मात्रै पाएका छन् । तिलोत्तमामा कांग्रेस र माओवादीबीच तालमेल छ।

मत गणनाका क्रममा गणकहरूले अभिलेख राख्दा एमालेका पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै भएको विवादले २ दिन मतगणना रोकिंदा यहाँको नतिजा आउन ढिलाई भएको हो ।

बिहीबार बिहानसम्म १४ वटा वडाको नतिजा आएको छ । जसमध्ये नेपाली कांग्रेसले ८ र नेकपा एमालेले ६ वटा वडा जितेको छ ।

नतिजा सार्वजनिक भएका वडाहरुमध्ये वडा नं १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका  डिलबहादुर भट्टराई, ३  मा कांग्रेसकै  कल्याण पौडेल,  ४ मा एमालेका  हरि बहादुर क्षेत्री र ५ मा कांग्रेसका  रमेश डुम्रे बिजयी भएका छन् ।

यस्तै तिलोत्तमा वडा नं ६ मा कांग्रेसका  गणेश पाठक,  १०  मा एमालेका गेपाल प्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बराल, १२ मा एमालेकै  सहदेव थारु,  १३ मा कांग्रेसका  नारायण ढकाल, १४ मा कांग्रेसका  अश्विन पौडेल र  १५ मा  एमालेका  खेमराज गुरुङ   बिजयी भएका छन् । वडा नं १६ मा कांग्रेसका  झविलाल भुषाल  र १७ मा पनि कांग्रेसकै  दान बहादुर चौधरी विजयी भएका छन् ।  अब वडानम्बर ७, ८ र ९ को नतिजा सार्वजनिक हुन बाँकी छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?