
काठमाडौं । क्यानडेली पपस्टार जस्टिन बिबरले आगामी १८ अक्टोबरमा भारतमा सांगीतिक प्रस्तुति दिने भएका छन् । ‘जस्टिस वर्ल्ड टुर’ अन्तर्गत उनले भारतको राजधानी दिल्लीमा कन्सर्ट गर्न लागेका हुन् ।
भारतमा उनको यो दोस्रो कन्सर्ट हुनेछ । नयाँदिल्लीको जवाहरलाल स्टेडियम गायक बिबरले लाइभ प्रस्तुति दिनेछन् । सन् २०१७ मा आफ्नो पहिलो कन्सर्ट सफल भएपछि उनले वर्ल्ड टुर अन्तर्गत भारतलाई रोेजेका हुन् ।
‘पर्पस वल्र्ड टुर’ भनिने उनको पहिलो कन्सर्टमा ४० हजारभन्दा बढी दर्शक सहभागी थिए । यसपटक जवाहरलाल नेहरु रंगशालामा एक लाखभन्दा बढी दर्शक अटाउने क्षमता छ ।
जुन २ देखि टिकट बिक्री हुने तयारी छ । सन् २०२२ को १८ फेब्रुअरीमा क्यालिफोर्नियाको सानडियागोबाट सुरु भएको जस्टिस वल्र्ड टुर ३० भन्दा बढी मुलुकमा आयोजना हुने भएको छ । मार्च २०२३ सम्म उनले १२५ भन्दा बढी शो गर्ने भएका छन् ।
नेपाल र भारतमा जस्टिन बिबरको उच्च फ्यान फलोइङ छ ।
प्रतिक्रिया 4