+

मेघराज केसी यू–२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त

२०७९ जेठ  १२ गते ११:४५ २०७९ जेठ १२ गते ११:४५
मेघराज केसी यू–२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त

१२ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक कमिटीले यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।

आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि एन्फाले केसीलाई टिमको जिम्मेबारी दिने निर्णय गरेको हो । एन्फाले केसीलाई प्रशिक्षक नियुक्ति गर्ने निर्णय मंगलबार नै गरेको हो ।

केसीले सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि छिट्टै प्रशिक्षण सुरु गर्ने बताएका थिए । एन्फाले यू–२० फुटबल खेलाडी छनोटका लागि जेठ २० गतेको सूचना जारी गरेको थियो ।

सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने छनोट प्रतियोगितामा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

१० वटा समूहमा विभाजन गरी छनोट प्रतियोगिता सन्चालन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टिम र उत्कृष्ट उपविजेतामध्येबाट ५ टिमले उज्वेकिस्तानमा सन् २०२३ मा हुने यू–२० एसियन कप खेल्नेछन् ।

मेघराज केसी नेपालको युथ फुटबलमा अनुभवी प्रशिक्षक हुन् ।

उनले यसअघि उमेरसमूहका सबैजसो राष्ट्रिय टोली प्रशिक्षण गरिसकेका छन् । सन् २०१२ मा ग्राहम रोवर्टसले राष्ट्रिय टोलीको प्रशिक्षण संहाल्दा सहायक प्रशिक्षक बनेका केसीले यू–१४, यू–१७ हुँदै दुई वर्ष अघि नेपालको यू–१९ टिम संहालेका थिए ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय