
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् ।
दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार १९ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार ३१० मत ल्याएका छन् ।
धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३०८ मत खसेको थियो ।
रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले १४ वडामा जितेको थियो ।
जारी मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन ) ले जीत निश्चित गरिसकेका छन् । दोस्रो स्थानका लागि एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंह प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4