
१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन सरकारले पहल नगरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको बताएका हुन् ।
‘शरम लाग्छ, यो भन्दा कायरता के हुन्छ ? लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको हो कि होइन ? सरकार नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन ?’ उनले प्रश्न गरे ।
२०७७ सालमा आफू नेतृत्वको सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेको भन्दै ओलीले अहिलेको सरकारले फिर्ता ल्याउँछु भन्न सक्नुपर्ने बताए ।
‘… नेपालको भूमि नेपालको हो भन्न सक्नुहुन्न भने, फिर्ता ल्याउँछु भन्न सक्नुहुन्न भने के हो सरकारको प्राथमिकता ? प्रतिपक्षले नेतृत्व लिनुपर्ने राष्ट्रिय हितको ?’ ओलीले भने ।
प्रतिक्रिया 4