
काठमाडौं । नेपाली फिल्म ‘दोख ’को आधिकारिक पोस्टर कर्ट रसेल स्टारर अमेरिकी फिल्म ‘बोन तोमाहक’बाट प्रभावित देखिएको छ ।
आगामी असार २४ गते रिलिज तयारीमा रहेको अनुप बराल निर्देशित ‘दोख’को पोस्टर एस क्रेग जलरबाट प्रभावित देखिन्छ । पोस्टर मनोविज्ञान, रङ संयोजन र चरित्रको ‘प्लेसमेन्ट’ दुरुस्तै देखिन्छ ।
सन् २०१५ मा रिलिज भएको हरर वेस्टर्न क्यानिबल फिल्मले कब्जामा लिइएका तीन जनाको उद्धार गर्ने एक गाउँको कथा पेश गर्छ । ‘दोख’ले पनि दशक लामो सशस्त्र द्वन्दको पृष्ठभूमिमा फुटबल खेलमार्फत दुई गाउँलेबीचको झगडा चित्रण गर्छ ।
नेपाली फिल्ममा पोस्टर प्रभावित हुनु नयाँ कुरा होइन । यसबारे पटक-पटक बहस र चर्चा हुँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4