+
+

एसी मिलानलाई जिताउन पेन किलर खाएर खेलेको इब्राहिमोभिचको खुलासा, ८ महिना मैदान बाहिर रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १७:२८

१२ जेठ, काठमाडौं । एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिच घुँडाको शल्यक्रियापछि आठ महिनासम्म बाहिरिने भएका छन् ।

४० वर्षीय स्विडेनी अन्तर्राष्ट्रिय खेलाडीले हालै मिलानलाई २०११ पछि पहिलो सिरी ए उपाधि जिताउन मद्दत गरेका थिए । तर चोटका कारण उनले रोकिएको अभियान पूरा गर्नका लागि पीडा सहनुपरेको थियो।

उनले बायाँ घुँडाको शल्यक्रिया गराएपछि भावुक स्ट्याटस लेख्दै आफूले पछिल्लो ६ महिना कठिन समय बिताएको र पेन किलर खाएर खेलेको बताएका छन् ।

‘विगत छ महिनादेखि मैले मेरो बायाँ घुँडामा एसिएल बिना खेलेको छु । छ महिनादेखि घुँडा सुन्निएको छ । मैले पछिल्लो ६ महिनामा १० पटक मात्रै टोलीसँग तालिम लिन सकेको थिएँ । छ महिनामा २० भन्दा बढी इन्जेक्सन लगाए । छ महिनाको लागि हरेक दिन पेनकिलर खाएँ । पीडाका कारण ६ महिनासम्म मुस्किलले सुते’,  इब्राहिमोभिचले लेखेका छन् ।

उनले पिच भित्र र बाहिर अहिलेसम्म यति धेरै दु:ख कहिल्यै नभेको भन्दै यो समयमा आफूले असम्भवलाई सम्भव बनाएर ट्रफी जितेको बताए । ‘पिचमा र बाहिर यति धेरै दुःख कहिल्यै भोग्नु परेन । मैले असम्भवलाई केही सम्भव बनाएको छु । मेरो दिमागमा मेरो एउटै उद्देश्य थियो, मेरो टोलीका साथी र प्रशिक्षकलाई इटालीको च्याम्पियन बनाउने किनभने मैले उनीहरूलाई वाचा गरेको थिएँ । आज मसँग नयाँ एसिएल र अर्को ट्रफी छ’, उनले भने ।

समरपछि सम्झौता बाहिर रहेका इब्राहिमोभिचले अब कम्तिमा एक सिजन थप मिलानसँग बस्ने इच्छा व्यक्त गरेका थिए । तर लामो समय मैदान बाहिर बस्नुपर्ने भएकोले उनको भविष्यमा शंका उत्पन्न भएको छ ।

म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट-जर्मेनका पूर्व खेलाडी समेत रहेका इब्राहिमोभिचले सन् २०२० मा मिलानमा आएका थिए । उनले मिलानमा पहिलो पटक खेल्दा लिग उपाधि जितेका थिए ।

उनले यस सिजन ११ खेलमा सुरुवात गरेपनि लिगमा ८ गोल गरे । एसी मिलानले छिमेकी इन्टरलाई पछि पार्दै ११ वर्षपछि पहिलो पटक लिग उपाधि जितेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?