१२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाएका छन् ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै उनीप्रति कारवाहीको मागसहित थापाले राखेप सदस्यसचिव घिसिङसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
थापाले कर्मा छिरिङ शेर्पा विरुद्ध एन्फा विधानको धारा ८ तथा फिफा कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नम्बर ३ बमोजिम कारवाहीको माग गरेका छन् ।
प्रतिक्रिया 4