+
+

फादर वाट्रिन महिला खुला बास्केटबलको उपाधि रोयललाई

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १८:३९

१२ जेठ, काठमाडौं । रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित गर्‍यो । रोयलकी प्रतिक्षा मगरले ११ अंक जोडिन् ।

रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३–२ को अग्रता लिएको रोयल दोश्रोमा ६–६ को बराबरीमा रोकियो । रोयलले तेश्रोमा १७–० र चौथोमा ६–४ को प्रदर्शन गर्दै जित अन्तर फराकिलो बनायो । रोयलले २५ हजार तथा जेभियरले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

सानागाउँस्थित आयोजक रोयलकै कोर्टमा भएको प्रतियोगितामा रोयलकी मिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । आईएसए नेपाल उदीयमान टिम चुनियो ।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र जीएएका अध्यक्ष प्रकाशबाबु केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?