
१२ जेठ, जनकपुरधाम । पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धि विरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार प्रदर्शन भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट युवा तथा विद्यार्थी संगठनका नेता/कार्यकर्ताले मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । स्थानीय भानु चोकमा प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।
स्थानीय भानु चोकमा पुत्ला जलाउने क्रममा उनीहरुको प्रहरीसँग केहिबेर घम्साघम्सी पनि भएको थियो ।
लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले लगातारको मूल्यवृद्धिले जनता अति नै मारमा परेकाले आफूहरु आन्दोलनमा उत्रेको बताए । उनले बढाएको मूल्य फिर्ता नलिए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4