१२ जेठ, काठमाडौं । नेपालकी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा बिहीबार कांस्य जितेकी छन् ।
यूएईको सारजाहमा भएको के–४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानाले रञ्जनालाई १८–१६ ले पराजित गरिन् ।
शीर्ष दुई स्थानमा रहने खेलाडी मात्र एसियाली पारा खेलकुदका लागि छनोट हुने प्रावधान रहेकोले रञ्जना छनोट भने नभएको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
अर्का खेलाडी रामबहादुर अधिकारी पहिलो चरणमै पराजित भए । के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि रामबहादुर इराकका अब्बास हुसैनसँग ३३–३७ ले चुके ।
पारा ओलम्पियन पलेशा गोवर्द्धन र सिर्जना घिसिङ भने विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए ।
प्रतिक्रिया 4